नियम ३२
निवेदन दिन सक्ने
(१) देहायका विषयमा देहायका व्यक्तिले अनुसूची–३ बमोजिमको दस्तुर सहित रजिस्ट्रार समक्ष निवेदन दिन सक्नेछन् :–
(क)   संविधानद्बारा प्रदत्त मौलिक हकको प्रचलनको लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि त्यस्तो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानूनी हकको प्रचलनको लागि संविधानको धारा १३३ को उपधारा (२) अन्तर्गत दिइने निवेदन त्यस्तो हकमा असर परेको व्यक्तिले,
(ख)   सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको निरूपणको लागि संविधानको धारा १३३ को उपधारा (२) अन्तर्गत दिइने निवेदन त्यस्तो विषयसँग सार्थक सम्बन्ध र तात्विक सरोकार भएको व्यक्तिले ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा एउटै निर्णय वा विषय भए पनि व्यक्तिपिच्छे फरक फरक तथ्य, आधार र कानूनी प्रश्न उल्लेख गरेको भए प्रत्येकले  छुट्टाछुट्टै निवेदन दिनु  पर्नेछ ।